काखी सेभ नगर्दा

सोमबार, १० माघ २०७३, ०८ : ३९ शुक्रवार , Kathmandu
काखी सेभ नगर्दा

गत साता सम्पन्न अवार्ड वितरण कार्यक्रम ‘गोल्डन ग्लोब २०१७’मा सयौँ अभिनेत्री तथा मोडल सहभागी भए । तर, सबैभन्दा बढी चर्चा पाइन्, हलिउड अभिनेत्री लोला किर्केले । किनकि, कार्यक्रममा उनी काखी सेभ नगरी पुगेकी थिइन् । र, काखी देखिने खालको पहिरन लगाएकी थिइन् ।
काखीको रौँसहित उनले कार्यक्रममा अनेक पोज दिएकी थिइन् ।

काखीको रौँ नखौरी कार्यक्रममा आएको भन्दै अनलाइनहरूले समाचार लेखे । धेरैले उनलाई घोचपेचसमेत गरे । त्यसपछि उनले काखीको रौँ  देखिने आफ्नो तस्बिर इन्स्टाग्राममा हाल्दै व्यंग्य गरिन्, ‘मेरो काखीको रौँलाई लिएर मलाई ज्यान मार्ने धम्की नदिने सबै सुन्दर व्यक्तिहरूलाई हार्दिक धन्यवाद छ ।’

 

Leave A Comment