लाइन

मङ्गलबार, ११ माघ २०७३, ११ : २९ शुक्रवार , Kathmandu
लाइन

–विवश वस्ती
एउटा मन्दिरभित्र छिर्नका लागि दुई वटा लाइन लगाइएको थियो । एउटा लाइनमा लेखिएको थियो, ‘केवल धर्मात्माहरूका लागि मात्र ।’
अर्को लाइनमा लेखिएको थियो, ‘पापबाट मुक्ति पाउन चाहनेहरूले यो लाइन समात्नुहोला ।’
धर्मात्माका लागि लेखिएको लाइनमा भयंकर भीड लाग्यो । मानिसहरूको भीड नियन्त्रण गर्न सुरक्षाकर्मीसमेत परिचालित गरियो । तर, पापबाट मुक्ति पाउन चाहनेहरूको लाइनमा भने एकाध व्यक्तिमात्रै उभिएका थिए ।
त्यही बेला एकजना धर्मभीरु व्यक्तिले भने, ‘हामीकहाँ धर्मात्माहरू कति बढिसकेछन्, यत्रो लाइनले नै धर्मात्माहरू कति बढिसकेछन् भन्ने पुष्टि गर्छ ।’
‘धर्मात्माहरूका लागि’ लेखिएको लाइनमा मानिसहरूको भीड बढ्नुको कारण रहेछ, त्यस लाइनको ढोका पहिल्यै बन्द भइसकेको रहेछ । र, ‘पापबाट मुक्ति पाउनेहरूका लागि’ लेखिएको ढोका खुल्लै रहेको हुँदा त्यो लाइनमा एकाध व्यक्तिमात्रै देखिएका रहेछन् ।

 

Leave A Comment