जोगाइँदै सोरठी

मङ्गलबार, ११ माघ २०७३, ११ : ३२ मनोज घर्तीमगर , Kathmandu
जोगाइँदै सोरठी

पश्चिम क्षेत्रमा लोकप्रिय सोरठी नाच हेर्न आजभोलि मेलो मिल्नुपर्छ । पहिले दैनिक सोरठीले गुञ्जायमान हुने कास्की, स्याङ्जा, पाल्पा, पर्वत, बाग्लुङ, गोर्खा, लमजुङ, गुल्मीलगायत जिल्लाका विभिन्न ठाउँमा आजभोलि सोरठी हेर्न अवसर जुराउनुपर्छ ।
मेला, महोत्सव र विशेÈ अवसरमा ‘फर्माइस’ गरेपछि मात्रै आजभोलि सोरठी देख्न पाइन्छ । पुर्खाले नाँच्दै आएको सोरठीलाई धेरै ठाउँमा अहिले बीउका रूपमा जोगाइएको छ । पर्वतको बाँसखर्कमा ‘देउराली सोरठी समूह’ गठन गरेर सोरठी जोगाइएको छ । ‘सोरठीमा युवा पुस्ताको चासो नहु“दा संरÔण गर्न गाह्रो भएको छ,’ देउराली सोरठी समूह बा“सखर्कका अध्यÔ डिलबहादुर पाइजा पुनले भने ।
पर्वतमा सोरठी नाच म्याग्दीबाट भित्रिएको बुढापाका बताउ“छन् । म्याग्दीमा यसको जगेर्ना गर्न विभिन्न समूह सक्रिय छन् । अहिले विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि मेला र उत्सवमा यसको प्रदर्शन गर्न थालिएको छ ।
सोरठी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ । १६ ताल र २२ थुंगामा गाइने सोरठीमा करिब चारदेखि पा“च थुंगा गाएपछि चोखोनिती महिलामा सरस्वती उत्रिने विश्वास छ । सरस्वती उत्रिएपछि सोरठीको तालमा सरस्वतीस“गै महिला र पुरुÈहरू नृत्य गर्छन् । सोरठी गीतभन्दा पनि मादलको तालमा नाचिने सोरठी नृत्यका कलाकार समबहादुर तिलिजाले बताए । विभिन्न देवीदेवताको नाम लिई सोरठी गाउने र नाच्ने गरिन्छ ।
म्याग्दीका लोकगायक खड्ग गर्बुजाका अनुसार एक पटक सुरु गरेपछि कम्तीमा डेढ घण्टा लगातार गाउने र नाच्नुपर्ने भएकाले युवा पुस्ताको आकर्षण सोरठीप्रति घटेको हो । ‘यस्ता लामा गीतसंगीतको विकल्पमा युवाहरूले छोटा–छोटा रोइलालगायत म्युजिक ट्रयाक रोज्ने गरेका छन्,’ गर्बुजाले भने ।
सोरठी मात्रै नभएर पछिल्लो समय गुरुङ, मगरलगायत समुदायमा लोकप्रिय रहेका यानिमाया, सुनिमाया, झोरा स्याइ, कौडा, सालैजोलगायत गीतसंगीतसमेत हराउन लागेका बेला बाँसखर्कमा भने मौलिक सोरठीको संरक्षण गरिएको छ ।
दुई÷चार घण्टादेखि एक÷दुई दिनसम्म लामो एकोहोरो सांगीतिक यात्रा नै सोरठी हो । जुन नाचमा पुरुष महिलाको भेषमा नाच्ने गर्छन् । स्याङ्जाका केही गाउँमा दसैँका बेला मात्रै सोरठी नाच्ने गरिन्छ । सोरठीको नाम पनि ठाउँपिच्छे फरक छ । यसलाई कतै नचरी भन्छन् भने कतै ठूलो नाच ।

Leave A Comment