‘जंगल फेस्टिभल’ हुने

बुधबार, १२ माघ २०७३, ०१ : २३ शुक्रवार , Kathmandu
‘जंगल फेस्टिभल’ हुने

तेस्रो संस्करणको ‘जंगल फेस्टिभल’ फागुन १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने फेस्टिभलको मिति आयोजक परिचय नेपालले सार्वजनिक गरेको छ । ‘जंगल थिम’ दिएर जंगलभित्रै गरिने यो फेस्टिभलमा बालबालिकादेखि वृद्धवृद्धासम्मको आकर्षण रहेको परिचय नेपालका अध्यक्ष सोभित बस्यालले बताए ।
फेस्टिभलको प्रवद्र्धक रहने नेपाल टुरिजम बोर्डले आफ्नो नयाँ कार्यक्रम ‘घुमफिर वर्ष’लाई यसै कार्यक्रममार्फत प्रमोसन गर्नेछ । ‘यो पोखराको सिग्नेचर इभेन्ट हो । त्यसैले इभेन्टलाई आन्तरिक तथा बाह्य पर्यटकले समेत उत्तिकै चासो दिएको हामीले पाएका छौँ,’ नेपाल टुरिजम बोर्डका सूर्य थपलियाले भने, ‘त्यसैले हामी यो इभेन्टसँग जोडिएका हौँ ।’ ‘ब्याक टू नेचर’ नारा दिएर जंगल फेस्टिभल हुन लागेको हो ।

 

Leave A Comment