एसिया कप छनोटमा नेपाल कठिन समूहमा

बिहिबार, १३ माघ २०७३, ११ : १० शुक्रवार , Kathmandu
एसिया कप छनोटमा नेपाल कठिन समूहमा

एसिया कप छनोट फुटबलमा नेपाल कठिन समूहमा परेको छ । नेपाल, फिलिपिन्स, यमन, ताजिकिस्तान रहेका समूह एफमा परेको हो । ग्वामले नाम फिर्ता लिएपछि एएफसी सोलिडारिटी कपको विजेता भएको नाताले एसियाली फुटबल महासंघ एएफसीले नेपाललाई एसिया कप छनोट खेल्ने मौका दिएको हो । नेपाल रहेको समूहमा परेका फिलिपिन्स फिफा वरीयतामा १ स २२ औँ स्थानमा, ताजकिस्तान १ सय ३२ औँ स्थानमा र यमन १ सय ४९ औँ स्थानमा छ । नेपाल भने १ सय ७५ औँ स्थानमा छ ।
नेपालले मार्च २८ मा आफ्नो पहिलो खेल फिलिपिन्ससँग उसैको घरेलु मैदानमा खेल्नेछ । यस्तै, दोस्रो खेल जून १३ मा यमनसँग नेपालमा हुनेछ । तेस्रो खेल सेप्टेम्बर ४ तारिखमा ताजिकिस्तानसँग नेपालमा हुनेछ । चौथो खेल अक्टुबर १० का दिन ताजिकिस्तानसँग उसकै घरेलु मैदानमा हुनेछ । पाँचौँ खेल फिलिपिन्ससँग नोभेम्बर १४ का दिन नेपालमा हुनेछ । अन्तिम खेलमा नेपालले यमनसँग उसकै घरेलु मैदानमा खेल्नेछ ।
प्रतियोतिगामा सहभागी २४ टिमलाई छछ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता एएफसी एसिया कपमा छनोट हुने छन्  । विश्वकप छनोटको प्रारम्भिक चरण पूरा गरेका अरू १२ देश यसअघि नै सन् २०१९ मा युएईमा हुने एसिया कपमा छनोट भइसकेका छन् ।
एसिया कप छनोट समूह विभाजन
समूह एः किर्गिस्तान, भारत, म्यान्मार र मकाउ
समूह बीः उत्तर कोरिया, हङकङ, लेबनान र मलेसिया
समूह सीः जोर्डन, भियतनाम, अफगानिस्तान र कम्बोडिया
समूह डीः ओमन, प्यालेस्टायन, माल्दिभ्स र भुटान
समूह ईः बहराइन, तुर्कमिनिस्तान, चाइनिज ताइपेई र सिंगापुर
समूह एफः फिलिपिन्स, ताजिकिस्तान, यमन र नेपाल

 

Leave A Comment