ट्रम्पको विरोधमा फ्रिडा

बिहिबार, १३ माघ २०७३, ११ : ४३ शुक्रवार , Kathmandu
ट्रम्पको विरोधमा फ्रिडा

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैगर्दा अमेरिकाका विभिन्न भागमा महिलाहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए । ट्रम्प राष्ट्रपति पदका लागि उपयुक्त नभएको भन्दै उनीहरूले प्रदर्शन गरेका थिए । हलिउडका थुप्रै सेलिब्रिटीले महिलाहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । तीमध्ये एक थिइन्, अभिनेत्री फ्रिडा पिन्टो ।
ओस्कर अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’मा अभिनय गरेकी फ्रिडा पनि जुलुसमा सहभागी भएकी थिइन् । ‘म जुलुसमा किन सहभागी भएँ ?’ भन्नेबारे उनले अमेरिकी निर्देशक नानिट बस्र्टिनले तयार पारेको भिडियोमा बाइटसमेत दिएकी छिन् ।

 

Leave A Comment