‘खुर्पेटो’ हेर्न घुइँचो

सोमबार, १७ माघ २०७३, १२ : ०० शुक्रवार , Kathmandu
‘खुर्पेटो’ हेर्न घुइँचो

नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा शनिवार दमौलीको मनकामना चलचित्र मन्दिरमा मगर कथामा आधारित नेपाली फिल्म ‘खुर्पेटो’ प्रर्दशन गरेको थियो । फिल्म हेर्न तनहुँका विभिन्न गाउँबाट दर्शक दमौली आएका थिए । मगरको पहिचान मानिएको चिन्ह खुर्पेटोलाई मुख्य विषयवस्तु बनाइएको फिल्म हेर्न दर्शक उत्साहित भएको फिल्मका निर्देशक विश्वास मगरले बताए । फिल्म देश विदेशका विभिन्न भागमा प्रदर्शन गर्ने तयारी गरिरहेको निर्देशक मगरले जानकारी दिए ।
भीम रानाको कथा रहेको फिल्ममा सुजन थापा, गायिका मुना थापा, बीना थापा, टीका आले, शोभा आले, राजु आले, संजय बुढाथोकी, राजन थापा, सल्मा पुन, बबिता आले, संगीता थापाको अभियन रहेको छ ।

 

Leave A Comment