मेस्सीमा निर्भर बार्सिलोना

सोमबार, २४ माघ २०७३, ११ : ५९ शुक्रवार , Kathmandu
मेस्सीमा निर्भर बार्सिलोना

खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीको उपस्थिति स्पेनिस क्लब बार्सिलोनाका लागि निकै महŒवपूर्ण हुन्छ । मेस्सीमा बार्सिलोना निर्भर छ भन्दा पनि फरक पर्दैन । तर, उनीसँगको सम्झौता भने बार्सिलोनाको प्राथमिकतामा नपरेको भन्दै समर्थकले चासो देखाएका छन् । मेस्सीले यो सिजन अहिलेसम्म २८ खेल खेलेका छन् । त्यसमध्ये २२ खेलमा उनले गोल गरेका छन् वा गोलका लागि सहयोग गरेको छन् । यसको अर्थ ७८.५७ प्रतिशत खेलमा भएका गोलमा मेस्सीको संलग्नता छ । मेस्सी एथ्लेटिको मड्रिड, एलाभेस, एथ्लेटिको बिल्बाओ, ग्रनाडा र रियल मड्रिडसँगको खेलमा भएका गोलमा मात्रै गोलमा संलग्न छैनन् । ला लिगामा उनले अहिलेसम्म १५ गोल गरेका छन् । उनीभन्दा लुइस स्वारेज अघि छन् ।
च्याम्पियन्स लिगमा मेस्सीले यो सिजनमा अहिलेसम्म पाँच खेल खेलेका छन् । चोटका कारण मोनचेनग्लाड्बाचसँगको खेल गुमाएका मेस्सीले खेलेका सबै पाँच खेलमा गोल गरेका छन् ।
कोपा डेल रेमा पनि उनले गोल गरेका छन् । उनको बार्सिलोनासँगको सम्झौता सन् २०१८ को जुनमा सकिने भए पनि नयाँ सम्झौता भने हुन सकेको छैन । यो सिजन सबै प्रतियोगितामा अहिलेसम्म खेलका २८ खेलमा २९ गोल र १२ गोलका लागि सहयोग गरेका अर्जेन्टाइन मेस्सीसँगको सम्झौता कहिले हुन्छ भन्ने चासोको विषय बनेको छ ।

 

Leave A Comment