सुन्दर ओठका लागि

सोमबार, २४ माघ २०७३, ०१ : २७ शुक्रवार , Kathmandu
सुन्दर ओठका लागि

मञ्जु कार्की पाण्डे, सिनियर इन्स्ट्रक्टर, ग्याल्मर एजुकेसन ब्युटी स्कुल
सुुन्दर ओठले नारीको सौन्दर्यमा थप निखार ल्याउँछ । गुलाबी ओठ निकै मादक देखिन्छन् । साइजको आधारमा सुन्तलाको केस्राजस्ता ओठको चर्चा धेरै हुने गरेको छ । ओठ निकै संवेदनशील हुने भएकाले यसलाई आफ्नो प्राकृतिक स्वरूपमा जोगाइराख्न निकै कठिन छ । विभिन्न किसिमको लिपस्टिक लगाउने तथा खानपानमा ध्यान दिन नसक्दा ओठको सुन्दरता बिग्रिरहेको हुन्छ । सुन्दर ओठका लागि केही उपायः  
–    ओठलाई गुलाबी, मुलायम, चिल्लो बनाउन र ओठको कालोपन हटाउन ताजा गुलाबका पत्रहरूलाई पिसेर ग्लिसरिन या घिउमा मिलाउनुहोस् र राति सुत्ने बेला ओठमा लगाउनुहोस् ।
–    ओठमा कागतीको रस र नरिवलको तेल मिलाएर लगाउनाले ओठको कालोपन हट्छ ।
–    बदाम घोटेर राति सुत्नुअघि ओठमा लगाउनाले ओठ चम्किलो भइरहन्छ ।
–    निमको बोक्राको लेप लगाएर सुुत्नुहोस् । ओठ आफ्नो वास्तविक रूपमा आउनेछन् ।
–    नुहाउनुअघि एक चौथाई चम्चा बदामको तेल लिएर औँलाले हत्केलामा रगड्नुहोस र त्यसपछि ओठमा यो तेलले मालिस गर्नुहोस् । ओठका लागि यो निकै लाभप्रद छ ।
–    ओठको कालोपन हटाउन एक सानो चम्चा दूधमा कागतीको रस र अलिकति दही मिलाएर लगाउनुहोस् । पाँच मिनेटपछि धुनुहोस् ।
–    गुलाबका पत्रहरू पिसेर हप्तामा एक पटक ओठमा लगाउनुहोस् । यसबाट ओठमा रौनक आउनेछ र ओठ गुलाबी बन्नेछ ।
–    गोलभेँडाको रसमा चिल्लो पदार्थ मिलाएर ओठमा लेप लगाउनाले ओठ फुट्ने छैन र लाली बनिरहनेछ ।
–    गुलाबका पत्रलाई बटरसँग मिसाएर ओठमा लगाउनाले ओठ निकै सुन्दर बन्छ । दहीलाई अलिकति मनतातो पारेर लगाउनाले ओठ मुलायम हुन्छ ।
–    चन्दन घोटेर बटर मिलाएर ओठमा लगाउनुहोस् । ओठमा कोमलता र चमक आउनेछ ।
–    नुन र मह मिलाएर ओठमा लगाउनाले खस्रोपन हट्छ र ओठ फुट्दैन ।
–    ओठ कालो, खस्रो, पाप्रा जमेको छ भने महमा बोरेक्स क्षार मिलाएर लगाउनाले लाभ मिल्छ ।
–    हरेक दिन काँचो दूधको फिँज लगाउनाले ओठ सुक्दैन । ओठमा चमक रहिरहन्छ ।
–    लिपस्टिक लगाइसकेपछि ओठमा बर्फ दल्नुहोस् । यसबाट लिपस्टिक अधिक समयसम्म रहन्छ ।
–    लिपस्टिक लगाइसकेपछि अलिकति भ्यासलिन क्रिम लगाउनाले ओठमा चमक आउनेछ ।

 

Leave A Comment