बिग आइकनमा ११ सय प्रतिस्पर्धी

सोमबार, २४ माघ २०७३, ०१ : ३३ शुक्रवार , Kathmandu
बिग आइकनमा ११ सय प्रतिस्पर्धी

सातौँ बिग आइकन अन्तर्गत शनिवारदेखि सुरु भएको पहिलो चरणको अडिसन सकिएको छ । पहिलो चरणको अडिसनमार्फत १ सय १९ जना गायन प्रतिभाले अघिल्लो चरणका लागि ‘ग्रीन कार्ड’ पाएका छन् । यो पटक बिग आइकनमा ५४ जिल्लाका १ हजार १ सय ५२ जना प्रतिस्पर्धीले सहभागिता जनाउँदैछन् । अडिसनमा सबैभन्दा पहिलो ‘ग्रीन कार्ड’ स्याङ्जाका मोहदत्त काफ्लेले पाएका थिए । बिग आइकन छैठौँ संस्करणका विजेता साजन आलेले काफ्लेलाई पहिलो ग्रीन कार्ड प्रदान गरेका थिए ।

पहिलो चरणको अडिसन तीन दिनसम्म चलेको थियो । अझै १८ वटा अडिसन राउन्डपछि मात्रै ‘ग्रान्ड फिनाले’ हुने बिग एफएमका अध्यक्ष महेश भण्डारीले बताए । आइकन विजेतालाई पुरस्कारस्वरूप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर दिइनेछ । फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ । हालसम्म म्याग्दीका गगन पुन, पोखराका सुमन गौतम, सर्लाहीका नवीन काफ्ले, बिरौटाकी मुस्कान रानाभाट, मुस्ताङका कुन्साङ गुरुङ र चितवन पटिहानीका साजन आलेले बिग आइकनको उपाधि जितेका छन् । बिग आइकन छान्न श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र सुनील थापा निर्णायक रहेका छन् ।

 

Leave A Comment