हितकारी अमला

मङ्गलबार, २५ माघ २०७३, १२ : ३७ शुक्रवार , Kathmandu
हितकारी अमला

चिनीरोग
बेसारको धुलोसँग अमला खाँदा रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ  । जुन चिनी रोगका बिरामीका निम्ति लाभदायक हुन्छ ।

पायल्स
सुकाएर राखेको अमलाको धुलो दूधसँग हरेक बिहान खानु पायल्सका रोगीलाई लाभकारी हो ।

नाकबाट रगत बग्दा
नाकबाट रगत बग्ने समस्या भएकाहरूले अमलालाई पिसेर बाख्राको दूधमा मिसाइ टाउको र तालुमा लगाउनाले रगत बग्न बन्द हुन्छ ।

मुटुरोग
मुटुरोग लागेकाहरूले दिनमा कम्तीमा तीन वटा अमला खाने गर्नुपर्छ । दिनहुँ अमला खाएमा मुटुरोग लाग्ने जोखिम कम हुन्छ ।

रुघाखोकी
रुघाखोकी लागेमा दिनमा तीन वटा अमला गाईको दूधसँग खानुपर्छ । अलिक कडै खालको रुघाखोकी लागेको छ भने अमलामा मह मिसाएर खाएमा राहत मिल्छ ।

पिसाब पोल्ने
अमलाको रसमा मह मिसाएर खाने गरेमा पिसाब पोल्न बन्द हुने र पिसाब सफा आउँछ ।

पत्थरी
पत्थरी भएकाहरूले अमलाको चूर्णमा मुलाको रस मिलाएर ४० दिनसम्म लगातार खाने गर्नाले निको हुन्छ ।

 

Leave A Comment