मेसीले गरे अन्तराष्ट्र्रिय फुटबलबाट सन्यासको घोषणा

सोमबार, १३ असार २०७३, ११ : ०५ शुक्रवार , Kathmandu
मेसीले गरे अन्तराष्ट्र्रिय फुटबलबाट सन्यासको घोषणा


कोपा अमेरिकाको उपविजेतामा सिमित रहेपछि फुटबल स्टार लियोनेल मेसीले अन्तराष्ट्र्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। पेनाल्टीमा चुक्दा अर्जेन्टिना कोपा अमेरिकाको उपविजेतामै सिमित भएको थियो। सोमबार बिहान सम्पन्न फाइनल खेलमा अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन चिलीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भयो।

मेट लाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलको निधारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा पनि खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

Leave A Comment