म्यानचेस्टर सिटी समस्यामा

बिहिबार, ०५ फागुन २०७३, ०३ : २४ शुक्रवार , Kathmandu
म्यानचेस्टर सिटी समस्यामा

म्यानचेस्टर सिटीका ब्राजिलियन फरवार्ड गाब्रिएल जिससको पैतलाको हड्डी भाँचिएको पुष्टि भएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमवार राति बर्नमाउथसँगको खेलको क्रममा जिसस चोटग्रस्त भएका थिए । गएको महिना मात्र सिटी आएका उनले यसअघिका दुई खेलमा तीन गोल गरेका थिए । बर्नमाउथसँगको खेल जिससको प्रिमियर लिगमा सिटीबाट तेस्रो खेल थियो । १९ वर्षका जिससको पैतलाको हड्डी भाँच्चिएको  क्लबले जनाएको हो । उनी कति समयसम्म मैदान बाहिर रहन्छन् भन्ने अब आउने दिनमा गरिने थप परीक्षणबाट थाहा हुने सिटीले जनाएको छ । पैतलाको औँलालाई गोलीगाँठोसँग जोड्ने पाँच हड्डीमध्ये एउटा भाँच्चिएको हो । उनले कम्तीमा पनि चारदेखि आठ हप्तासम्म आराम गर्नुपर्छ ।  सिटी आएदेखि नै प्रशिक्षक पेप गार्डिवला तथा समर्थकलाई प्रभावित पार्न सफल भएका जिसस चोटग्रस्त भएपछि सिटी भने समस्यामा परेको छ ।

 

Leave A Comment