मेस्सीका बुबा असन्तुष्ट

शनिबार, १४ फागुन २०७३, १२ : ०२ शुक्रवार , Kathmandu
मेस्सीका बुबा असन्तुष्ट

बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीका बुबा जर्ज होरासियो क्लबका प्रशिक्षक लुइस इन्ड्रिकसँग खुशी नरहेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । इन्ड्रिकको ठाउँमा सेभिल्लाका प्रशिक्षक जर्ज समपाओली बार्सिलोनाको प्रशिक्षक बनून् भन्ने मेस्सीका बुबाको इच्छा रहेको स्पेनिस पत्रिका एल कन्फिडेन्सिएलले जनाएको छ ।
बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले भने इन्ड्रिकको विकल्पबारे सोचिनसकेको बताएका छन् । इन्ड्रिकको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यमा सकिनेछ । तर, क्लबले उनीसँग अहिलेसम्म नयाँ सम्झौता गरेको छैन । बार्सिलोनाले नयाँ प्रशिक्षक खोजिरहेको खबर पनि आएका छन् । मेस्सीका बुबाले अर्जेन्टिनाका सामपओली बार्सिलोनाको प्रशिक्षक बनून् भन्ने इच्छा व्यक्त गरेका हुन् ।
बार्सिलोना च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ४–० ले पराजित भएपछि क्वार्टरफाइनलमा नपुगी प्रतियोगिताबाट बाहिरिने खतरामा छ । मेस्सीको बार्सिलोनासँगको सम्झौता अर्को वर्ष सकिने हुँदा नयाँ सम्झौता क्लबका नयाँ प्रशिक्षकसँग निर्भर रहने अनुमान गरिएको छ । यसले गर्दा मेस्सीका बुबाले अर्जेन्टिनाकै सामपओली बार्सिलोनाका प्रशिक्षक बनून् भन्ने चाहेको स्पेनिस पत्रिकाको दाबी छ ।

 

Leave A Comment