‘सुपर मोडल’मा ५८ युवती

बुधबार, १५ असार २०७३, १२ : ३२ शुक्रवार , Kathmandu
‘सुपर मोडल’मा ५८ युवती

नेपालमा ‘सुपरमोडल’को छनोट सुरु भएको छ । प्यासिफिक मेनेजमेन्ट इभेन्टले गर्न लागेको ट्यालेन्ट सो ‘द सुपर मोडल नेपाल’को उपाधि हात पार्न १६ देखि २४ वर्ष उमेरका ५८ युवतीबीच अन्तिम भिडन्त हुँदैछ ।
कोरियोग्राफर रोजिन शाक्यले प्रतियोगीहरुलाई क्याटवाक, पर्सनालिटीलगायत विभिन्न विधामा प्रशिक्षण दिइरहेका छन् । आयोजक संस्थाका अध्यक्ष फुपुतेन्जिङ शेर्पाले ‘द सुपर मोडल नेपाल’ अरु सौन्दर्य प्रतियोगिताभन्दा फरक हुने बताए । प्रतियोगिताको अन्तिम भिडन्त साउनमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।

Leave A Comment