नेपाली ढाका टोपीमा पोर्नस्टार सन्नी

बुधबार, १५ असार २०७३, ०४ : ३५ शुक्रवार , Kathmandu
नेपाली ढाका टोपीमा पोर्नस्टार सन्नी

बलिउड अभिनेत्री सन्नी लियोनी ढाका टोपीमा देखिएकी छन्। उनले आफ्नो ट्विटरमा ढाका टोपी लगाउको तस्विर सार्वजनिक गरेकी हु्न्।  उनले ट्विट गर्दै नेपाल छोड्नु परेकोमा दुखी भएको उल्लेख गरेकी छन्। ‘नेपाल  छोड्नु पर्दा दुखी छु, अन्ततःमेैले नेपाली ह्याट पाए जसका लागि मैले केही समयदेखि कुरिरहेकी थिएँ,’ उनले लेखेकी छन्।

सन्नी लियोनी जिंक भोड्काले मंगलबार राजधानीको ह्यात रेजेन्सिमा आयोजना गरेको जिंक पार्टीमा सहभागी हुन सोमबार श्रीमान डेनियल बेबरको साथ नेपाल आएकी थिइन्।
उनले जिंक पार्टीमा नृत्य प्रस्तुत गरेकी थिइन् । उनी आजै आफ्नो भ्रमण पूरा गरी फर्केकी छन्। उनले फर्कने क्रममा सो ट्विट गरेकी हुन् । उनको यो तेस्रो नेपाल भ्रमण हो ।

दुई वर्ष अघि व्यापारकि घरानाको निम्तोमा उनी दुई दिनको लागि नेपाल भ्रमणमा आएकी थिइन्। त्यसताका उनले स्वयम्भूको भ्रमण गरेकी थिइन् ।उनले आफ्ना श्रीमानसँग नेपालको तारिफ गर्दै इन्स्ट्राग्राममा फेटो हालेकी थिइन्। जिस्म २ बाट बलिउडमा डेभ्यु गरेकी उनले रागिनी एमएमएस २, सुटआउट एट वाडाला, डेट स्टोरी २ लगायत चलचित्रमा अभिनय गरेकी छिन् ।

Leave A Comment