चीनको फुटबल सपना

आइतबार, २२ फागुन २०७३, १२ : ३८ शुक्रवार , Kathmandu
चीनको फुटबल सपना

चीनले सन् २०५० पछिको विश्वकप फुटबल जित्ने योजना बनाएको छ । उसले अहिले विश्व फुटबलका चर्चित हस्तीहरू लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी उत्पादन गर्ने विश्वास पनि व्यक्त गरेको छ । स्यालफोड युनिभर्सिटीका स्पोट्र्स प्रोफेसर सिमोन च्याडविकले अहिले चीनले विश्वका महँगा खेलाडीमा रकम खर्च गर्नु जरुरी नभएको बताएका छन् । उनले चीनकै खेलाडीलाई अघि बढाउन काम गर्नुपर्ने र फुटबलमा चीनलाई अघि बढाउन नयाँ योजना बनाउनुपर्ने बताएका छन् । चीनमा नै फुटबल प्रतिभाहरू धेरै रहेको र उनीहरूलाई अवसर दिनुपर्ने उनको भनाइ छ । चीन सरकारले पनि आफ्नो देशले सन् २०५० पछिको विश्वकप जित्ने योजना बनाएको जनाएको छ । चिनियाँ क्लबले विश्वस्तरका खेलाडीलाई किनेर खेलाउन थाल्नुले फुटबल क्रेज बढेको र चिनियाँ सरकार फुटबल विकासका लागि लागिपरेकाले चिनियाँ फुटबलको भविष्य राम्रो रहेको फुटबल विश्लेषक बताउँछन् ।

Leave A Comment