महिनावारी चाँडो गराउन के खाने ?

बिहिबार, १६ असार २०७३, ०९ : ५५ शुक्रवार , Kathmandu
महिनावारी चाँडो गराउन के खाने ?

महिनावारी ढिलो हुने गरेको छ अथवा कुनै कामविशेषले गर्दा निर्धारित मितिभन्दा चाँडै महिनावारी होस् भन्ने चाहनुभएको छ भने खानपानमा परिवर्तन गरेर पनि लक्ष्य हासिल गर्न सकिन्छ । महिनावारी चाँडो गराउन यस्ता खानेकुरा खानुपर्छः

फलफूल र तरकारी
क्यारोटिनको मात्रा उच्च भएका फलफूल खाने गर्नाले महिनावारी चाँडो हुन्छ । मेवा, फर्सी, गाजरजस्ता फलफूल र तरकारीमा क्यारोटिन बढी मात्रामा पाइन्छ । क्यारोटिनले शरीरमा एस्ट्रोजेन हार्मोनको मात्रा बढाइदिन्छ, जसकारण महिनावारी चाँडै हुन्छ ।

रातो मासु
रातो मासु बढी खाने गर्नाले शरीरमा बढी ताप उत्पन्न हुन्छ र महिनावारी निर्धारित मितिभन्दा चाँडै हुन जान्छ ।


सक्खर
सक्खर खानाले पनि महिनावारी चाँडै हुने गरेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् ।


अनार
दिनमा तीन ग्लास अनारको जुस खाने गर्नाले महिनावारी चक्र चाँडै सुरु हुन्छ ।

भुइँकटहर
भुइँकटहरले शरीरमा ताप उत्पन्न गराउँछ । बढी मात्रामा भुइँकटहर खाने गर्नाले महिनावारी चाँडै हुन्छ ।


बेसार
उम्लँदै गरेको पानीमा एक चिम्टी बेसार हालेर हरेक बिहान र राति पिउने । महिनावारी हुनुभन्दा १५ दिनअघिदेखि लगातार यसो गर्दा पाँच दिनअघि महिनावारी भएका उदाहरण प्रशस्तै छन् ।

 

Leave A Comment