नागरिककर्मी अजय सम्मानित

बिहिबार, ०६ जेठ २०७३, ०१ : ५९
नागरिककर्मी अजय सम्मानित


नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघले बुधवार नागरिक दैनिकका पत्रकार अजय फुयाललाई ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।
फुयालसँगै राजधानी दैनिकका रामसुदन तिमल्सिनालाई पनि संघका संस्थापक अध्यक्ष सिंहको नाममा रहेको सोही पुरस्कार प्रदान गरियो । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले फुयाल र तिमल्सिनालाई सम्मान गरेका थिए । उनीहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरियो । फुयाल गत साता गोरखापत्र दैनिक सुमन भोम्जन स्मृति खेलकुद पत्रकारिता पुरस्कारबाट पनि सम्मानित भएका थिए ।
नेपाल ओलम्पिक संग्रहालयको सहयोगमा स्थापना भएको अभिलेखकृत खेलकुद पत्रकारिता पुरस्कारबाट एभिन्युज टेलिभिजनकी खेलकुद पत्रकार सरिता श्रेष्ठ सम्मानित भइन् ।
रिङ रेस्लिङ संघले प्रायोजन गरेको उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्टका रजेन्द्र केसी र उत्कृष्ट श्रृव्यदृश्य खेलकुद पत्रकारिता सगरमाथा टीभीका राजेश थापाले प्राप्त गरे ।
नेपाल बुद्धिचाल संघले प्रायोजन गरेको उत्कृष्ट बुद्धिचाल पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ पुरस्कृत भए । सम्मानित चार जनाले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

 

Leave A Comment