‘बार्सिलोनासँग मेस्सीको विवाह’

शुक्रबार, २७ फागुन २०७३, ११ : १७ शुक्रवार , Kathmandu
‘बार्सिलोनासँग मेस्सीको विवाह’

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोना नछोड्ने क्लबका निर्देशकले बताएका छन् । बार्सिलोना र मेस्सीबिच ‘निकै राम्रो विवाह’ भएको भन्दै क्लबका निर्देशक एरिएडो ब्राइडाले मेस्सीले क्लब नछोड्ने बताएका हुन् ।
बार्सिलोनासँगको मेस्सीको सम्झौता सन् २०१८ मा सकिँदैछ । तर, नयाँ सम्झौता अहिलेसम्म भएको छैन । उनलाई केही प्रिमियर लिग क्लब र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले भिœयाउन चाहेको खबर पनि आइरहेका छन् । बार्सिलोनाले मेस्सीले क्लब नछोड्ने र उनीसँग नयाँ सम्झौता हुने बताउँदै आएको छ ।
क्लबका निर्देशक ब्राइडाले भने, ‘बार्सिलोनामा उनका लागि राम्रो ठाउँ छ, हामीबीच राम्रो कम्बिनेसन भएको छ, राम्रो र निकै मिलेको विवाहजस्तै हो ।’ सन् २००४ देखि बार्सिलोनाको सिनियर टिमबाट खेल्दै आएका मेस्सीले छ सय खेलमा ५ सय २ गोल गरेका छन् ।

Leave A Comment