म्यानचेस्टर सिटीविरुद्ध आरोप दर्ता

बिहिबार, १० चैत २०७३, ०१ : ५१ शुक्रवार , Kathmandu
म्यानचेस्टर सिटीविरुद्ध आरोप दर्ता

आफ्ना खेलाडीलाई नियन्त्रण गर्न नसकेको भन्दै फुटबल एसोसिएसनले म्यानचेस्टर सिटीमाथि आरोप दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएको शनिवार रातिको खेलमा लिभरपुललाई रेफ्रीले पेनाल्टीको अवसर दिएपछि म्यानचेस्टर सिटीका खेलाडीले प्रदर्शन गरेका थिए । एफएले म्यानचेस्टर सिटीका खेलाडीको व्यवहार खेलभावनाविपरीत  रहेको भन्दै आरोप दर्ता गरेको हो । खेलको ५० औँ मिनेटमा रेफ्री माइकल ओलिभरले लिभरपुललाई पेनाल्टी प्रदान गरे । त्यसपछि म्यानचेस्टर सिटीका खेलाडीले रेफ्रीलाई घेरेका थिए । म्यानचेस्टर सिटीका गाएल क्लिचीले रोबर्टो फिरमिनोलाई फल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । त्यसमा जेम्स मिल्नरले गोल गरे । यो खेलमा म्यानचेस्टर सिटी १–१ को बराबरीमा रोकियो । म्यानचेस्टर सिटीले आउँदो बिहीवार बेलुकासम्म आरोपका बारेमा आफ्नो सफाइ पेश गर्न सक्ने एफएले जनाएको छ ।

Leave A Comment