भर्डीलाई ज्यान मार्ने धम्की

आइतबार, १३ चैत २०७३, १२ : ३७ शुक्रवार , Kathmandu
भर्डीलाई ज्यान मार्ने धम्की

लेस्टर सिटीका स्ट्राइकर जेमी भर्डीले आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बताएका छन् । क्लाउडियो रानिएरी प्रशिक्षकबाट बर्खास्त भएदेखि नै आफूमाथि धम्की आइरहेको र आफ्नो परिवार पनि निशानामा परेको उनको भनाइ छ । रानिएरीलाई बर्खास्त गर्नुमा भर्डीको हात रहेको आरोप लाग्ने गरेको छ । गएको सिजन असम्भवप्रायः मानिएको इंग्लिस प्रिमियर लिगको उपाधि दिलाउने प्रशिक्षक रानिएरी खेलाडीको असहयोगका कारण बर्खास्त भएको आरोप लाग्ने गरेको छ ।
तर, भर्डीले भने रानिएरी बर्खास्त हुनुमा आफ्नो हात रहेको भन्ने आरोप गलत र पीडादायक रहेको बताउँदै आएका छन् । रानिएरीको प्रशिक्षणमा यो सिजन खराब प्रदर्शन गरेको लेस्टरले उनलाई बर्खास्त गरेपछिका सबै खेलमा निकै राम्रो प्रदर्शन गरिरहेको छ । प्रिमियर लिगको रेलिगेसन जोनबाट माथि उक्लिएको लेस्टर च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पनि पुगेको छ ।
क्लबलाई उपाधि दिलाएको नौ महिनापछि गएको फेब्रुअरी २३ मा लेस्टरले रानिएरीलाई बर्खास्त गरेको थियो । त्यसपछि क्रेग सेक्सपिएरले प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् ।
भर्डीले आफू र आफ्नो परिवारमाथि आउने गरेका धम्की निकै डरलाग्दो रहेको बताएका छन् । उनले भने, ‘च्याम्पियन्स लिगअन्तर्गत सेभिल्लासँगको अन्तिम १६ को पहिलो लेगपछि प्रशिक्षकलाई बर्खास्त गर्न भन्दै मैले क्लबका पदाधिकारीसँग भेट गरेको खबर आएको थियो । तर त्यो झुट हो, म त एन्टी–डोपिङ टेस्टका लागि बसेको थिएँ ।’
त्यसपछि धेरै मानिसले आफूमाथि ज्यान मार्ने धम्की दिने गरेको भर्डीले बताए । उनले आफ्नो परिवारमाथि पनि यस्तै धम्की आएको र हानि पु¥याउने प्रयास भएको बताए । रानिएरी बर्खास्त हुनुमा आफूमात्रै नभएर कुनै पनि खेलाडीको भूमिका नरहेको उनले दाबी गरे ।
 

 

Leave A Comment