खेलाडीको गाडीमा आक्रमण

बिहिबार, ०६ जेठ २०७३, ०२ : ०३
खेलाडीको गाडीमा आक्रमण

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका खेलाडीको गाडीमा वेस्ट ह्यामका समर्थकले आक्रमण गरेका छन् । प्रिमियर लिगअन्तर्गत मंगलवार राति वेस्ट ह्यामसँगको खेलका लागि अपटन पार्कको बोलियन मैदान गएको म्यानचेस्टर युनाइटेडका खेलाडीको बसमा वेस्ट ह्यामका समर्थकले आक्रमण गरेका हुन् । बोतल र रंगशालाका कुर्सीले हानेका कारण गाडीको सिसा चकनाचुर भएको थियो । फुटबल एसोसिएसनले आक्रमणको निन्दा गरेको छ । वेस्ट ह्यामका समर्थकले गरेको आक्रमणका विषयमा छानबिन गरिने एफएले जनाएको छ । खेलपछि म्यानचेस्टर युनाइटेडका कप्तान वायने रुनीले घटना राम्रो नभएको र गाडीको सिसा चकनाचुर भएको बताए । बाटोमा नै समर्थकको आक्रमणमा परेको युनाइटेड खेलमा ३–२ ले हा¥यो । आक्रमणले गर्दा खेलाडीमा नराम्रो असर परेको र त्यसले खेललाई पनि प्रभावित गरेको युनाइटेडका प्रशिक्षक लुइस भान गालले बताए ।


आफ्ना समर्थकको कार्यबाट वेस्ट ह्याम लज्जित हुनुपर्ने रुनीले बताए । युनाइटेडका खेलाडी जेसे लिङ्गार्डले खिचेको भिडियोमा खेलाडी चिच्याएको, हाँसेको तथा लुकेको देख्न सकिन्छ । वेस्ट ह्यामका समर्थकले युनाइटेडका गोलरक्षक डेविड डी जियालाई लक्ष्य गरेर आक्रमण गरेका थिए ।

Leave A Comment