विश्वकपमा छनोट हुने पहिलो टिम ब्राजिल

शनिबार, १९ चैत २०७३, ०१ : ३९ शुक्रवार , Kathmandu
विश्वकपमा छनोट हुने पहिलो टिम ब्राजिल

ब्राजिल सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि छनोट हुने पहिलो टिम बनेको छ । दक्षिणी अमेरिकी क्षेत्रको छनोटमा चार खेल बाँकी छँदै ब्राजिल छनोट भएको हो । त्यसक्रममा उसले पाराग्वेलाई ३–० ले हराएको थियो । ब्राजिलको जीतमा फिलिप कोन्टिन्हो, नेइमार र मार्सेलोले गोल गरे । जीतपछि शीर्ष स्थानको ब्राजिलको १४ खेलबाट ३३ अंक भएको छ ।
विश्वकप २०१८ को छनोटअन्तर्गत अहिलेसम्म भएका १४ खेलमा ब्राजिलले १० खेल जितेको छ । तीन खेलमा बराबरी गरेको ब्राजिल एक खेलमा मात्रै पराजित भएको छ । अर्को खेलमा पेरुले उरुग्वेलाई २–१ ले हरायो । हारपछि तेस्रो स्थानमा झरेको उरुग्वेको १४ खेलबाट २३ अंक छ । उरुग्वे दोस्रो स्थानको कोलम्बियाभन्दा एक अंकले पछि छ भने शीर्ष स्थानको ब्राजिल भन्दा १० अंकले पछि छ । चौथो स्थानको चिलीको २३ अंक नै छ भने पाँचौँ स्थानमा झरेको अर्जेन्टिनाको २२ अंक छ ।
चौथो स्थानसम्ममा रहने टिम विश्वकपमा छानिन्छन् भने पाँचौँ स्थानमा रहने टिमले एसियाली टिमसँग प्लेअफ खेल्न पाउँछ । अहिलेसम्मका सबै विश्वकप खेलेको ब्राजिलले पाँच पटक त उपाधि नै उचालेको छ । आयोजकको नाताले रसिया यसअघि नै विश्वकपमा छानिएको थियो ।

 

Leave A Comment