मेस्सीलाई चार खेलको प्रतिबन्ध

आइतबार, २० चैत २०७३, ०२ : ५८ शुक्रवार , Kathmandu
मेस्सीलाई चार खेलको प्रतिबन्ध

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप २०१८ को छनोट अन्तर्गतका चार खेल खेल्न नपाउने भएका छन् । विश्वकप छनोटअन्तर्गत गएको शुक्रवार बिहान चिलीसँगको खेलमा मेस्सीले लाइन्सम्यानलाई अभद्र व्यवहार गरेका थिए । जसका कारण मेस्सी बुधवार बिहान बोलिभियासँगको खेल पनि खेल्न पाएनन् । र, यो खेलमा अर्जेन्टिना २–० ले पराजित भयो । हारपछि अर्जेन्टिना दक्षिणी अमेरिकी क्षेत्रको छनोटअन्तर्गत १४ खेलबाट २२ अंकसहित पाँचौँ स्थानमा झरेको छ । अब चार खेल बाँकी रहेको अवस्थामा शीर्ष चारमा रहँदै विश्वकपका लागि सोझै छनोट हुन अर्जेन्टिनाले थप संघर्ष गर्नुपर्नेछ ।
शुक्रवार बिहान चिलीसँगको खेलमा मेस्सीले अर्जेन्टिनाका लागि विजयी गोल गरेका थिए । मेस्सीले दोस्रो हाफमा लाइन्सम्यान मार्सेलो भानन गास्सीलाई अपशब्द प्रयोग गरेका थिए । मेस्सीविरुद्ध दक्षिणी अमेरिकी क्षेत्रको फुटबलको प्रशासकीय निकायको अनुशासन कमिटीमा उजुरी परेको थियो । त्यो उजुरीमाथि सुनुवाइ गर्दै कमिटीले मेस्सीलाई चार खेलको प्रतिबन्ध लगाएको हो ।

 

Leave A Comment