साओमीको एमआई नोट–२ सार्वजनिक

बिहिबार, २४ चैत २०७३, ०१ : ४३ शुक्रवार , Kathmandu
साओमीको एमआई नोट–२ सार्वजनिक

साओमीले असाधारण प्रविधियुक्त मि–मिक्सपछिको प्रिमियम फोनको रूपमा एमआई नोट सार्वजनिक गरेको छ । शारदा गुप्र अन्तर्गतको वत्सल इम्पेक्स प्रालिले उक्त फोन सार्वजनिक गरेको हो ।
अग्र भागका दुवै साइडमा कर्भ विषेशता रहेको यस फोनमा ५.७ इन्च एलइडी डिस्प्लेका साथै ६ जिबी ¥याम र १२८ जिबी रोम रहेको कम्पनीले जनाएको छ । एमआई नोट–२ मा २२.५६ मेगापिक्सलको रेयर र ८ मेगापिक्सलको अटो फोकस फ्रन्ट क्यामेरा रहेको कम्पनीको भनाइ छ । यसमा ४०७० एमएएच ब्याट्री चार गुणा चाँडो चार्ज हुने क्षमताको छ ।
कम्पनीले एमआई नोट–२ चैत १५ गतेसम्म बुकिङ गर्न सकिने जानकारी दिँदै यसको मूल्य ७६ हजार ९ सय ९९ रुपैयाँ रहेको जनाएको छ । बुकिङ अवधिभर कम्पनीले एमआई नोट–२ किन्ने उपभोक्तालाई ४ हजार ४ सय ९९ बराबरको मि–ब्यान्ड २ दिने विज्ञप्तिमा उल्लेख छ ।

 

Leave A Comment