हस्तमैथुनबाट पनि चरमसुख

शनिबार, २६ चैत २०७३, १२ : ४७ शुक्रवार , Kathmandu
हस्तमैथुनबाट पनि चरमसुख

दुई साताअघि मेरो प्रेमिकाको मिन्स भएको थियो । त्यही समयमा सल्लाहमा हामीले सेक्स ग¥यौँ । त्यसपछि अघिल्लो साता पनि हाम्रो भेट भयो र फेरि हामीले सम्पर्क ग¥यौँ । तर, यसपालि मलाई सम्पर्क गर्दा गाह्रो भएको जस्तो लागेको थियो । पछि थाहा भयो मेरो लिंगमा वीर्य आउने ठाउँमा रगत आएको रहेछ । पछि पिसाब फेर्ने बेलामा रगतको चोक्टा नै देखियो । मलाई यस कुराले तनाव भइरहेको छ ।  के भएको होला ? उत्तर पाए आभारी हुने थिएँ ।
डी

पिसाबमा रगत देखिनुलाई हेमाचुरिया र  वीर्यमा रगत देखिनुलाई हेमाटोस्पर्मिया भनिन्छ । पिसाब र वीर्यमा रगत देखिनुका धेरै कारण हुन्छन् । मुख्य कुरा, रगत कताबाट आएको किटान गर्नु हो । मिर्गाैलाबाट हो कि, मूत्रथैलीबाट हो या प्रोस्टेटबाट हो, यकिन गर्नु जरुरी छ । कहिलेकाहीँ क्यान्सरको लक्षण पनि हुन सक्छ । तर, यसो भन्दैमा नडराउनुहोला । जाँच गरेपछि मात्र किटान गर्न सकिन्छ । रगत यी उल्लेखित ठाउ“बाट आएको होइन भने रगतकै समस्या पनि हुन सक्छ । युरोलोजिस्टसँग एकचोटि सल्लाह गर्नु बेस होला ।
रगत पिसाब सुरु गर्दा देखिन्छ कि सकिने बेला ? अथवा पिसाब सुरु गरेदेखि अन्त्यसम्म देखिन्छ ? रगत कस्तो देखिन्छ, रातो कि कालो ? यी कुरामा ध्यान दिनुपर्छ । यी सबैका आ–आफ्ना कारण हुन्छन् । त्यसैअनुसार जाँच र उपचार गर्नुपर्ने हुन्छ । वीर्यमा रगत देखिन्छ भने प्रायः प्रोस्टेट ग्रन्थीको समस्याले हुन सक्छ । वीर्यको धेरैजसो भाग प्रोस्टेट ग्रन्थीले उत्पादन गर्छ । यौन सम्पर्कपछि स्खलन हुने बेलामा प्रोस्टेट ग्रन्थीमा कन्ट्र्याक्सन हुन्छ भने वीर्यमा रगत देखिन्छ । प्रोस्टेट या अरू युरिनरी सिस्टमको संक्रमणले यस्तो समस्या देखिन सक्छ । कहिलेकाहीँ कब्जियतले पनि यस्तो समस्या हुन्छ । अत्यधिक मदिरा सेवन, धेरै समयसम्म एउटै ठाउँमा बस्नु वा साइकल÷मोटरसाइकल चढ्नु आदि अरु कारण हुन् । तपाईं चाँडोभन्दा चाँडो युरोलोजिस्टसँग सम्पर्क गर्नुहोला ।

जी स्पट भनेको के हो ? यसलाई कसरी पत्ता लगाउन सकिन्छ ?
एस  

‘जी स्पट’ जर्मन गाइनेकोलोजिस्ट अन्स्र्ट ग्राफेनबर्गका नामबाट राखिएको हो । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भनिन्छ । यो महिलाको योनीको दुई इन्चभित्र हुन्छ । क्लिटोरिसको पछाडितिर योनीको अगाडिको भित्तातिर हुन्छ । यो सिमी आकारको हुन्छ । महिलाको योनीभित्र औँला छिराएर यसलाई पत्ता लगाउन सकिन्छ । सिमी आकारको र स्पन्जजस्तो हुन्छ यो । सम्भोगको बेला ‘जी स्पट’ उत्तेजित हुनेगर्छ । ‘जी स्पट’ रगतका नसा र स्नायुहरूको जालोले बनेको हुन्छ । यो अति नै संवेदनशील हुन्छ । सम्भोगको बेला पुरुषको लिंगको घर्षणले यो चरम उत्तेजित हुन्छ र महिलालाले चरम सुख पाउने गर्छन् । एकदुई चोटिमै ‘जी स्पट’ पत्ता लगाउन गाह्रो पर्ला । तपाईंकी पार्टनरसँग खुलेर कुरा गर्नुभयो भने यो पत्ता लगाउन सकिन्छ र पार्टनरलाई पूर्ण यौनसन्तुष्टि दिन तपाईं सफल हुुनुहुनेछ ।

महिलाको चरमोत्कर्ष पुरुषको जस्तो सरल हुँदैन भन्ने गरिन्छ । यो साँचो हो ?
एन

अग्र्याजम या चरमसुख या चरमोत्कर्ष भनेको सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो । हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनका थुप्रै भावना वर्णन गर्न नसकिएजस्तै अग्र्याजमलाई पनि यही हो भनेर वर्णन गर्न सकिन्न ।
पुरुष वीर्य स्खलन हुँदा चरमोत्कर्षमा पुग्छन् । तर, महिलाको चरमसुख अलिक जटिल प्रकृतिको हुन्छ । चरमोत्कर्षमा पुग्दा मुटु जोडजोडले चल्छ अर्थात् यसको गति दु्रत हुन्छ । श्वासप्रश्वासको गति पनि द्रुत हुन्छ ।
महिलाको चरमसुख पुरुषको भन्दा जटिल हुन्छ । योनीका मांसपेशीहरूमा खिचाव आउँदा महिलालाई चरमसुखको अनुभूति हुन्छ । तर, हरेक सेक्समा महिलाले चरमसुख प्राप्त गर्छिन् भन्ने हुँदैन । महिलाको चरमसुख उनको पुरुषसाथीको यौन दक्षता र आफ्नो शारीरिक र मानसिक अवस्थामा निर्भर गर्छ । भनिन्छ, २० देखि २५ प्रतिशत महिलाले मात्रै चरमसुख प्राप्त गर्छन् । सम्भोग गर्दा महिलाको योनीका क्लिटोरिस र जी स्पट उत्तेजित भए भने महिलाले चरमसुख प्राप्त गर्छिन् । यौनसम्बन्धी ज्ञानको कमी र खुलेर कुरा गर्न नसक्नुले धेरै महिला चरमसुखबाट वञ्चित हुन्छन् । कोहीलाई त जिन्दगीभरि अग्र्याजमको स्वादै थाहा हुँदैन ।

Leave A Comment