बार्सिलोनाबाट नेमारको सय गोल

बुधबार, ३० चैत २०७३, ०१ : ४६ शुक्रवार , Kathmandu
बार्सिलोनाबाट नेमारको सय गोल

ब्राजिलियन स्ट्राइकर नेमारले स्पेनिस क्लब बार्सिलोनाका लागि एक सय गोलको कोसेढुंगा पार गरेका छन् । स्पेनिस ला लिगाअन्तर्गत ग्रानडासँगको खेल ४–१ ले जित्ने क्रममा खेलको अन्तिम समयमा गोल गर्दै नेमारले क्लबका लागि सयौँ गोल गरेका हुन् । सन् २०१३ मा बार्सिलोना आएका नेमारले क्लबका लागि  १ सय ७७ खेल खेलेका छन् । उनले ७६ वटा गोलमा टिमका अरू साथीलाई सहयोग गरेका छन् । उनले ला लिगामा ६४ र च्याम्पियन्स लिगमा २१ गोल गरिसकेका छन् ।
बार्सिलोनाका लागि सयौँ गोलको कोसेढुंगा पार गरेपछि साथीहरूलाई धन्यवाद दिँदै नेमारले भने, ‘मलाई प्रत्येक दिन मेरो टोलीका साथीले सहयोग गरेका छन् । जसले गर्दा मैले आफ्नो क्षमता देखाउन सकेको छु ।’
बार्सिलोनाका प्रशिक्षक लुइस इन्रिकले नेमारसँग क्लबका लागि हजार गोल गर्न सक्ने क्षमता रहेको दाबी गरे । बार्सिलोनामा आफ्नो कौशल देखाइरहेका नेमारले अब नौ सय गोल गरेर क्लबका लागि हजार गोल गर्न सक्ने उनले बताए ।

 

Leave A Comment