रोनाल्डोमाथि बलात्कारको आरोप

आइतबार, १० बैशाख २०७४, ०१ : ४८ शुक्रवार , Kathmandu
रोनाल्डोमाथि बलात्कारको आरोप

पोर्चुगलका कप्तान तथा स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप लागेको छ । उनले अमेरिकी महिलालाई बलात्कार गरेको आरोप लगाउँदै जर्मनीको एउटा पत्रिकाले समाचार छापेको छ । जर्मन पत्रिका ‘डेर स्पिजेल’ले सन् २००९ मा रोनाल्डोले ती महिलालाई बलात्कार गरेको र उनलाई तीन लाख पाउन्ड दिएर बलात्कारको घटना ढाकछोप गरेको आरोप लगाएको छ ।
तर, रोनाल्डोले भने आरोप अस्वीकार गर्दै खबर कपोलकल्पित भएकोे बताएका छन् । रोनाल्डोका एजेन्टले विज्ञप्ति निकालेर म्यागजिनमा छापिएको लेख ‘जर्नालिस्टिक फिक्सन’को एक नमुना भएको उल्लेख गरेका छन् । रोनाल्डोमाथि लगाइएको अरोप अपमानजनक र घृणित रहेको विज्ञप्तिमा उल्लेख छ । घटना भएका बेला २० वर्षको हाराहारीमा रहेकी महिलाबाट प्राप्त भएको चिठीका आधारमा रोनाल्डोमाथि आरोप लगाइएको जर्मन पत्रिकाको समाचारमा उल्लेख छ । तर, ती महिलाका बारेमा केही खुलाइएको छैन । रोनाल्डोले आफ्नो अपमान गरेको भन्दै पत्रिकाविरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

Leave A Comment