बलियो भएर फर्किने जाल्टनको विश्वास

शनिबार, १६ बैशाख २०७४, १२ : ३४ शुक्रवार , Kathmandu
बलियो भएर फर्किने जाल्टनको विश्वास

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जाल्टन इब्राहिमोविचले आफू थप बलियो र प्रभावकारी भएर मैदान फर्किने बताएका छन् । घुँडाको लिगामेन्ट च्यातिएका कारण इब्राहिमोविच अहिले मैदान बाहिर छन् । उनको चोट गम्भीर रहेकाले सिजनका बाँकी खेलमा उनी मैदान बाहिर रहने सम्भावना छ । तर, ३५ वर्षका स्ट्राइकरले चोटले आफ्नो प्रदर्शनमा केही प्रभाव नपार्ने र अब आफू झन् बलियो भएर मैदान फर्किने बताएका हुन् । गएको हप्ता युरोपा लिगअन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगअन्तर्गत एन्डरलेक्टसँगको खेलमा बल नियन्त्रणमा लिने क्रममा उनी मैदानमा पछारिएका थिए । यही सिजन क्लब आएका इब्राहिमोविचले अहिलेसम्म २८ गोल गरिसकेका छन् ।
इब्राहिमोविचले इन्स्टाग्राममार्फत आफू थप बलियो भएर मैदानमा फर्किने बताएका हुन् । उनले लेखेका छन्– ‘म यस्ता सबै अवस्थाबाट निस्कने छु र थप बलियो भएर फर्किन्छु । मैले एउटा खुट्टाले हो खेल्ने, त्यसैले केही प्रभाव पर्ने छैन ।’ प्रिमियर लिगमा म्यानचेस्टर डर्बीसहितका महŒवपूर्ण खेल बाँकी छन् । यस्तै युरोपा लिगमा पनि युनाइटेडको सेमिफाइनल सहितका खेल बाँकी छन् ।

 

Leave A Comment