बायर्न म्युनिखलाई पाँचौँ पल्ट लिग उपाधि

शनिबार, २३ बैशाख २०७४, ०२ : ३२ शुक्रवार , Kathmandu
बायर्न म्युनिखलाई पाँचौँ पल्ट लिग उपाधि

जर्मन बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । लिगमा तीन खेल बाँकी रहँदै बायर्न म्युनिखले उपाधि पक्का गरेको हो । गत शनिवार राति भएको खेलमा वुल्फबर्गलाई ६–० ले हराएपछि उसको उपाधि पक्का भएको हो ।
कार्लोस एन्सिलोटीको प्रशिक्षणमा रहेको बायर्न म्युनिखले लगातार पाँचौँ सिजन बुन्डेस लिगाको उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । लगातार पाँचौँ सिजन लिगको उपाधि जित्ने बायर्न पहिलो टिम हो । उपाधि पक्का गरेको बायर्नको ३१ खेलबाट ६३ अंक भएको छ । लेइपजिजको ३१ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ ।
लगातार पाँचौ पल्ट उपाधि जित्ने कीर्तिमान बनाएको उसको यो २७ औँ लिग उपाधि हो । उसले सन् १९३०–३१ को सिजनमा पहिलो पल्ट लिग जितेको थियो । बायर्न म्युनिखले लिगबाहेक जर्मनीका अन्य घरेलु प्रतियोगितामा २९ पल्ट उपाधि जितेको छ । उसले च्याम्पियन्स लिग पाँच पटक, युरोपा लिग एक पटक, युरोपा कप विनर्स कप एक पटक र सुपर कप पनि एक पल्ट नै जितेको छ । बायर्न म्युनिखले इन्टरकन्टिनेन्टल कप दुई पल्ट र फिफा क्लब वल्र्ड कप एक पटक जितेको छ ।

Leave A Comment