नेमारका लागि तयार म्यानयू

मङ्गलबार, २६ बैशाख २०७४, ०१ : ०३ शुक्रवार , Kathmandu
नेमारका लागि तयार म्यानयू

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बार्सिलोनाका स्टार खेलाडी नेमारलाई क्लब भित्र्रयाउन १ सय ७० मिलियन पाउन्ड स्टर्लिङ अर्थात् २२ अर्ब २७ करोड रुपैयाँ खर्च गर्न तयार रहेको बेलायती पत्रिका ‘द सन’ले जनाएको छ । नेमारले आफ्ना नजिकका साथीसँग म्यानचेस्टर युनाइटेडले आफूलाई भिœयाउन कीर्तिमानी मूल्य तिर्न तयार रहेको बताएको द सनले लेखेको छ । युनाइटेडका प्रशिक्षक होसे मोरिन्हो नेमारलाई क्लब भित्र्रयाउन बार्सिलोनालाई तिर्नुपर्ने रकमको सीमामा पुग्न तथा नेमारलाई कीर्तिमानी पारिश्रमिक दिन तयार छन् । नेमारले गएको सिजन बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गरेका थिए । बार्सिलोनाले नेमारलाई किन्न चाहने क्लबले झण्डै १ सय ७० मिलियन पाउन्ड तिर्नुपर्ने सीमा तोकेको छ । युनाइटेड खेलाडीमा खर्च गर्न नडराउने क्लबमा पर्छ । यो सिजनको सुरुमा युनाइटेडले पउल पोग्बालाई ८९ मिलियन पाउन्ड स्टर्लिङ खर्च गरेर भिœयाएको थियो । तर, बार्सिलोना नेमारलाई गुमाउन चाहँदैन । त्यसैले नेमार युनाइटेडमा अनुबन्ध हुनेमा शंका भने छ ।

 

Leave A Comment