पेट खलास गर्न

मङ्गलबार, २६ बैशाख २०७४, ०१ : १७ शुक्रवार , Kathmandu
पेट खलास गर्न

दिसा गर्दा कन्ने गर्नुभएको छ भने तपाईंलाई फाइबरको कमी भएको हुनुपर्छ । कनेर दिसा गर्ने मानिसको पेट कहिल्यै खलास हुँदैन, जसले अनेक खालका स्वास्थ्य समस्या निम्त्याउने गर्छ । यी चिज खाएर तपाईं सजिलैसँग पेट खलास गर्न सक्नुहुन्छः
मकैको फूल
मकैमा फाइबर बढी र क्यालोरी कम हुन्छ । पर्याप्त मात्रामा फाइबर पाइने भएकाले यसले दिसा गर्दा कन्नुपर्ने अवस्थालाई क्रमशः ठीक गर्दै जान्छ ।
स्याउ
स्याउ फाइबरको अर्को राम्रो स्रोत हो । यसले दिसालाई नरम बनाउँछ, जसकारण यो सजिलैसँग बाहिर निस्किन्छ । स्याउसँगै थोरै बजारमा पाइने पिनट बटर खाने हो भने यसले अतिरिक्त लाभ गर्छ ।
भात
भात खाने मानिसलाई कब्जियत हुने जोखिम भातको सट्टा अन्य परिकार खानेलाई भन्दा कम हुन्छ । किनकि, भातमा फाइबर प्रशस्त पाइन्छ । ‘ह्वाइट राइस’मा भन्दा ‘ब्राउन राइस’मा बढी फाइबर हुने भएकाले दिसा गर्दा कन्ने समस्या भएकाले ब्राउन राइस खान जोड दिनुपर्छ ।
हरियो भटमास
हरियो भटमास स्वादिलो हुन्छ । स्वास्थ्यका लागि पनि उत्तिकै उपयोगी हुन्छ । थोरै तेलमा हल्का भुटेको हरियो भटमासमा प्रशस्तै फाइबर पाइन्छ । यसमा भिटामिन ए र सी, आइरन, क्याल्सियम र सोडियम पनि प्रचुर मात्रामा पाइन्छन् ।
सुन्तला
दिसा गर्दा कन्नुपर्ने समस्या भएकाले सुन्तलाको जुसको सट्टा सुन्तला नै खानुपर्छ । सुन्तलामा फाइबर बढी हुन्छ भने क्यालोरी कम । यसले कब्जियतलगायत पेटका समस्यामा राहत दिन्छ ।
जौ
अन्नको राजा मानिने जौ फाइबरको अर्को उत्तम स्रोत हो । यसमा घुलनशील र अघुलनशील दुवै खाले फाइबर बढी मात्रामा पाइन्छन् । यसले दिसालाई नरम बनाउँछ ।
घ्यूकुमारी
घ्यूकुमारी खाने गर्नाले दिसा कमलो हुन्छ । घरमा घ्यूकुमारी छ भने घरमै यसको जुस बनाएर खान सकिन्छ । बजारमा पाइने घ्यूकुमारीको जुसबाट पनि लाभ हासिल गर्न सकिन्छ ।  

 

 

Leave A Comment