‘हरिबहादुर’ बजारमा

बिहिबार, २८ बैशाख २०७४, ०२ : २२ शुक्रवार , Kathmandu
‘हरिबहादुर’ बजारमा

अभिनेता हरिवंश आचार्यले काठमाडौँ, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो किताब ‘हरिबहादुर’ सार्वजनिक गरेका छन् । अभिनेता मदनकृष्ण श्रेष्ठले आचार्यको अघिल्लो आत्मसंस्मरण ‘चिना हराएको मान्छे’ जस्तै ‘हरिबहादुर’ले पनि सफलता पाउने बताए । ‘पहिलो पुस्तकको सफलतापछि दोस्रो पुस्तकमा हरिवंश आएका छन्,’ मदनकृष्णले भने, ‘हरिबहादुरलाई मदनकृष्णले भन्दा बढी मदनबहादुरले चिन्दछ । हरिबहादुर आफैँमा जाली, फटाहा र अरूको भलो नचिताउने खालको पात्र हो । पुस्तकमा पनि पक्कै यस्तै चरित्र पाठकले पढ्न पाउनेछन् ।’
हरिवंशले आत्मसंस्मरण ‘चिना हराएको मान्छे’मा नअटाएका कुरा दोस्रो कृतिमा समेटिएको बताए । ‘टेलिशृंखला मदनबहादुर हरिबहादुरमा रहेका १५ प्र्रतिशत कुरा मात्र पुस्तकमा राखेको छु । बाँकी केही वास्तविक छन्, केही काल्पनिक पनि,’ उनले भने । किताब फाइन प्रिन्टले बजारमा ल्याएको हो ।

 

Leave A Comment