धनी फुटबलर इब्राहिमोविच

आइतबार, ३१ बैशाख २०७४, ०१ : ५१ शुक्रवार , Kathmandu
धनी फुटबलर इब्राहिमोविच

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जाल्टन इब्राहिमोविच बेलायतका धनी खेलाडीको सूचीमा प्रवेश गरेका छन् । जारी सिजनमा प्रिमियर लिग क्लबमा आएका स्विडेनका इब्राहिमोविच बेलायतमा खेल्ने खेलाडीमध्ये धनीको सूचीमा दोस्रो स्थानमा छन् । सन्डे टाइम्सले प्रकाशित गरेको बेलायतका धनी खेलाडीको सूचीमा पहिलो स्थानमा फर्मुला वान विश्व च्याम्पियन लुइस हेमिल्टन छन् । हेमिल्टनसँग १ सय ३१ मिलियन पाउन्ड स्टर्लिङ बराबरको सम्पत्ति छ ।
दोस्रो स्थानमा रहेका इब्राहिमोविचसँग १ सय १० मिलियन पाउन्ड स्टर्लिङ बराबरको सम्पत्ति छ । उनी बेलायतमा खेल्ने फुटबलरमध्ये सबैभन्दा धेरै सम्पत्ति भएका खेलाडी हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर पोहोर मात्र म्यानचेस्टर युनाइटेडमा आएका इब्राहिमोविचले क्लबका लागि २८ खेलमा १७ गोल गरेका छन् ।
इब्राहिमोविचले क्लबका साथी वायन रुनीलाई पछि पारेका हुन् । रुनीसँग ९३ मिलियन पाउन्ड स्टर्लिङ बराबरको सम्पत्ति छ । चौथो स्थानमा फर्मुला वान ड्राइभर जेनसन बटन छन् ।

Leave A Comment