रोनाल्डोको थप कीर्तिमान

आइतबार, १४ जेठ २०७४, ०५ : २४ शुक्रवार , Kathmandu
रोनाल्डोको थप कीर्तिमान

स्पेनिस क्लब रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । ला लिगाको आफ्नो दोस्रो अन्तिम खेलमा सेल्टा डी भिगोसँगको खेलमा दुई गोल गर्दै रोनाल्डो युरोपका शीर्ष पाँच लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन् । उनले दुई गोल गरेपछि रियल ४–१ ले विजयी भयो । यो पछि मालागासँगको खेलमा पनि गोल गरेका रोनाल्डोले इंग्लिस प्रिमियर लिग र ला लिगामा गरी अहिलेसम्म ३ सय ६८ गोल गरेर सन् १९७१ मा इंग्ल्यान्डका स्ट्राइकर ग्रेएभेसले बनाएको कीर्तिमान भंग गरेका छन् ।
चेल्सी, एसी मिलान, टोटेनह्याम र वेस्ट ह्यामका पूर्वस्ट्राइकर जिम्मी ग्रेएभेसले लिगमा ३ सय ६६ गोल गरेका थिए । सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा ३ सय ६५ गोल गरेका बायर्न म्युनिखका ग्रेड मुलर छन् । ३ सय ४६ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सी चौथो स्थानमा छन् ।

 

Leave A Comment