कान्येसँग रिसाइन् टेलर

सोमबार, २० असार २०७३, ११ : ५२ शुक्रवार , Kathmandu
कान्येसँग रिसाइन् टेलर

पपगायिका टेलर स्विफ्ट अमेरिकी ¥यापर कान्ये वेस्टसँग बेपत्ता रिसाएकी छिन् । कान्येले आफ्नो नयाँ गीतमा टेलरको नाम जथाभावी लिएको र गीतको म्युजिक भिडियोमा टेलरको नग्न मैनमूर्तिलाई जथाभावी प्रयोग गरेपछि टेलर रिसाएकी हुन् ।
गीतमा कान्येले ¥याप हान्ने क्रममा ‘टेलरले अहिले सेक्स गरिरहेकी होलिन्, किन होला ?’ भन्छन् । यसबाट रिसाएकी टेलरले कान्येको मानसिक स्वास्थ्य ठीक नभएको बताएकी छिन् । ‘गीतमा मेरो नाम लिइएको छ । मजस्तै देखिने मैनमूर्तिलाई नांगै उतारेर म्युजिक भिडियो बनाइएको छ । कान्येलाई कसरी तह लगाउने हो भन्नेबारे म अहिले सोचिरहेकी छु,’ टेलरले भनिन् ।

 

Leave A Comment