इओएल प्रालिका एलिका स्टाइलिस चिम्नी

सोमबार, २९ जेठ २०७४, ०१ : ५० शुक्रवार , Kathmandu
इओएल प्रालिका एलिका स्टाइलिस चिम्नी

सिजीको सहायक कम्पनी इओएल प्रालिले स्वस्थकर, सफा र सुरक्षित भान्साका लागि विभिन्न १० प्रकारका एलिका स्टाइलिस चिम्नी हुड सार्वजनिक गरेको छ । गुणस्तरीय घरायसी सामान र विद्युतीय कम्पनी, अत्यावश्क घरायसी सामग्री निर्माण तथा बजार व्यवस्थापनमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको कम्पनीले जनाएको छ ।
युरोपिन प्रविधि अनुरूप निर्माण गरिएका एलिका चिम्नी हुडहरू प्राविधिक रुपमा पूर्ण र आकर्षक डिजाइनमा रहेको कम्पनीको भनाइ छ । सार्वजनिक गरिएका चिम्नी हुड हेर्दा नरम र चम्किलो हुनुका साथै आकर्षक आकारमा शिशा र खिया नलाग्ने स्टिलद्वारा निर्माण गरिएको विज्ञप्तिमा उल्लेख छ । १०१०—१२९० घनमिटर प्रतिघन्टाका दरले धुवाँ तान्न सक्ने भएकाले यसले सबै प्रकारका खाना पकाउँदा भान्सालाई धँुवारहित समेत बनाउने कम्पनीको दाबी छ ।
वातावरणमैत्री चिम्नीहरूमा ४० वाट विद्युत् खपत गर्ने ठाउँमा दुई वाट मात्रै विद्युत् खपत गर्ने विद्युतीय ल्याम्प जडान भएको हुँदा यसले करिब ९६ प्रतिशत विद्युत् बचत गर्ने कम्पनीले जनाएको छ । यी कुक टप्सको बजार मूल्य नौ हजार एक सय ९० देखि २९ हजार एक सय ७० रुपैयाँसम्म रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave A Comment