पढेको कुरा लामो समयसम्म स्मरण गर्न...

मङ्गलबार, ३० जेठ २०७४, ११ : ५५ शुक्रवार , Kathmandu
पढेको कुरा लामो समयसम्म स्मरण गर्न...

–नौलो तरिका अपनाउने
सधैं एकै तरिकाले पढ्दा दिक्क लाग्छ । आफूले पढिरहेको भन्दा फरक तरिका अपनाउँदा पढेको कुरा छिट्टै बुझिन्छ । लामो समयसम्म स्मरण गर्न सजिलो हुन्छ ।  
–पढेको कुरा दोहोर्याउने
पढेका कुरालाई बारम्बार दोहोर्याउँदा स्मरण गर्न सजिलो हुन्छ । एकपटक मात्रै पढेर छाड्दा बिर्सन सक्ने सम्भावना हुन्छ ।
– पढेका कुरा महसुुस गर्ने
घोकेर पढ्दैमा पढेका कुराहरु स्मरण हुँदैन । त्यसैले आफूले पढेका कुराहरूलाई लामो समयसम्म ताजा राख्नका लागि पढ्ने बेलामा व्यवहारिक भएर सोच्नुपर्छ । पढेका कुराहरू महसुस गर्नुपर्छ ।
–लेखेर पढ्ने बानीको विकास गर्ने
लेखेर पढ्ने बानीले विद्यार्थीलाई निकै फाइदा पुर्याउँछ । लेखेर पढ्ने बानीले विशेषगरी परीक्षाको बेलामा ठूलो सहयोग पुर्याउँछ ।
–स्वास्थ्यको ख्याल राख्ने
आफ्नो स्वास्थ्य राम्रो छैन भने पढेका कुराहरु स्मरण गर्न गाह्रो हुन्छ । त्यसैले पढाइका अतिरिक्त आफ्नो स्वास्थ्यको पनि उत्तिकै ख्याल राख्नुपर्छ ।
–समय तालिका बनाएर पढ्ने
समय तालिका बनाएर पढ्ने एकदमै राम्रो बानी हो । समय तालिका बनाउँदा आफ्नो समय अनुकूल बनाउनु पर्छ । आफूलाई कुन समय पढ्दा पढेका कुराहरू दिमागमा छिर्छ, सोही अनुसारको तालिका बनाउनुपर्छ ।
–पर्याप्त सुत्ने
अनिद्राले स्मरण शक्तिमा नकारात्मक असर पु¥याएको विभिन्न अध्ययनले देखाएको छ । अनिद्रामा पढेका कुराहरू दिमागमा लामो समयसम्म नटिक्ने भएकाले पर्याप्त सुत्नुपर्छ ।
–पढाइमा सहकार्य गर्ने
एक्लै पढेको भन्दा साथीहरूको सहकार्यमा पढेका कुराहरू स्मरण गर्न सजिलो हुन्छ । कक्षाकोठामा हुँदा अनावश्यक विषयमा वादविवाद गर्नुभन्दा पढाइको विषयमा कुराकानी गर्दा पढेका कुराहरू लामो समयसम्म स्मरण गर्न सकिन्छ ।

–जबरजस्ती वा प्रेसर लिएर नपढ्ने
जबरजस्ती वा प्रेसरमा पढेका कुुराहरु दिमागमा घुस्दैनन् । त्यसैले पढ्दा जहिले पनि आफू अनुकूलको वातावरण मिलाएर पढ्ने बानीको विकास गर्नुपर्छ ।

 

 

Leave A Comment