धैर्य नभएकी दिया

सोमबार, २० असार २०७३, १२ : ०९ शुक्रवार , Kathmandu
धैर्य नभएकी दिया

बलिउड अभिनेत्री दिया मिर्जाले लामो समयसम्म चल्ने टीभी सिरियलमा काम गर्नु आफ्ना लागि सम्भव नभएको बताएकी छिन् । यद्यपि, टीभी सिरियलमा काम गर्न आफू इच्छुक रहेको उनले बताइन् ।
दियालाई टेभिभिजनबाट प्रसारण हुने सिरियलमा अभिनय गर्नेबारे तपाईंको सोच के छ भनी प्रश्न गर्दा जवाफमा उनले भनिन्, ‘फिल्ममा काम गरेकी मलाई टेलिफिल्ममा काम गर्न पनि मन लाग्छ । वास्तवमा भिन्न स्वादको काम गर्नमा  रुचि राख्छु ।’
यद्यपि, महिनौँ अथवा वर्षौंसम्म चल्ने टेलिसिरियलमा धैर्यसाथ काम गर्ने स्वभाव आफूसँग नभएको उनले बताइन् । ‘यद्यपि, टेलिसिरियलका केही भागमा काम गर्न चाहिँ मलाई राम्रो लाग्छ,’ उनले भनिन् ।

 

Leave A Comment