वृद्ध निकोल

बुधबार, २२ असार २०७३, ०९ : ५६ शुक्रवार
वृद्ध निकोल

हुन न हलिउड अभिनेत्री निकोल किडम्यान ४९ वर्षकी भइसकिन् । आधा शताब्दीको छेकोमा पुगिसके पनि उनको जवानी  भने अझै झर्झराउँदो खालको छ । यस्तोमा गत साता उनी अचानक बूढी भइन् ।
यद्यपि, उनी वास्तविक जीवनमै बूढी भएकी होइनन् । टेलिभिजन सो ‘टप अफ द लेक’मा उनले एउटी वृद्धाको भूमिका निर्वाह गर्नुपर्ने भएको थियो । यसैका लागि उनले आफूलाई मेकअपमार्फत वृद्ध अवतारमा ढालेकी हुन् ।
वृद्धा हुँदा निकोल कस्तो देखिन्छिन् भन्ने छायांकनताका खिचिएको उनको तस्बिर हेरेर अनुमान लगाउन सकिन्छ । उनले टीभी सोमा कस्तो भूमिका निर्वाह गरेकी छिन् भन्नेबारे अझैसम्म सार्वजनिक भएको छैन ।

Leave A Comment