एनपिसिसिआईमा नयाँ कार्यसमिति

बिहिबार, २२ असार २०७४, ०१ : ०२ शुक्रवार , Kathmandu
एनपिसिसिआईमा नयाँ कार्यसमिति

नेपाल फिलिपिन च्याम्बर अफ कमर्स एन्ड इन्ड्रट्रिज (एनपिसिसिआई) को नव गठित कार्यसमितिका पदाधिकारीहरूको बुधबार पद ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेपाल र फिलिपिनी व्यवसायीहरूले  तीन वर्षअघि स्थापना गरेको यस संस्थाले दुवै देशका व्यापारिक समुदायबीच बलियो व्यावसायिक र सांस्कृतिक सम्बन्ध कायम गर्ने भूमिका खेल्दै आएको छ ।
नौ सदस्यीय कार्यसमिति अध्यक्षमा बेल्सी ग्याडोन ढकाल र वरिष्ठ उपाध्यक्षमा शोभा ज्ञवाली चुनिएका छन् । यस्तै साभासियोन प्राडो शाक्य, लुज्भिमिन्दा पालुयो थापा, मिसेल यी खरेल र दार्लिनी इनरायल बानिया कनिष्ठ उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा चुनिएका छन् । संस्थाका कार्यकारी सदस्यहरुमा मारिभिक अलोन्जो गुरुङ, इभा नान्सी थापा र कुशन प्रधान चयन भएका छन् ।
पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ज्ञवालीले मिडिया उद्यमीका रुपमा हासिल गरेका अनुभवले नेपाल र फिलिपिन्स बीचको सम्बन्ध सुधारका निम्ति आफूले सक्दो भूमिका खेल्ने बताइन् । फिलिपिनी लगानीकर्ताका लागि नेपाल आकर्षक स्थल रहेको चर्चा गर्दै ज्ञवालीले ढकालको नेतृत्वले दुई देशबीचको सम्बन्ध उचाइमा पुग्ने विश्वास व्यक्त गरिन् ।

Leave A Comment