फिल्ममा सुनिधि

बिहिबार, २३ असार २०७३, १२ : ४१ शुक्रवार
फिल्ममा सुनिधि

भारतीय गायिका सुनिधि चौहान अब अभिनय क्षेत्रमा प्रवेश गर्ने भएकी छिन् । बन्न लागेको फिल्म ‘प्लेइङ’मा उनले अभिनय गर्ने तय भयसकेको छ । ‘प्लेइङ’ सर्ट मुभी रहेको र यसमा आफूले अभिनय गर्ने छिनोफानो भइसकेको पुष्टि सुनिधि स्वयंले गरेकी छिन् । ‘यो सर्ट मुभीमा मैले अभिनय गर्ने भएकी छु । अभिनय क्षेत्रमा मेरो अनुभव यादगार हुने आशा राखेकी छु,’ उनले भनिन् । गायन क्षेत्रमा लागे पनि निकै अघिदेखि आफूमा अभिनय गर्ने तीव्र चाहना रहेको उनले खुलाइन् । ‘फिल्मसम्बन्धी काम सुरु गरेपछि मैले निकै आनन्द महसुस गरेँ । अभिनय गर्दा यस्तो आनन्द पनि आउँछ भन्ने पत्तै थिएन,’ उनले भनिन् ।

Leave A Comment