लेड्लीले रोके बिहे

बिहिबार, २३ असार २०७३, ०१ : २८ शुक्रवार , Kathmandu
लेड्लीले रोके बिहे

फ्रान्समा जारी युरोकप फुटबलमा पहिलो सहभागितामा नै सेमिफाइनल पुगेको वेल्सका खेलाडी जाय लेड्लीको विवाह रोकिएको छ । सबैलाई आश्चर्यचकित पार्दै आफ्नो टिम सेमिफाइनलमा पुगेपछि उनले पूर्वनिर्धारित विवाह रद्द गरे र बुधबार राति पोर्चुगलविरुद्ध खेले ।
इंग्लिस क्लब क्रिस्टल प्यालेसबाट खेल्ने २९ वर्षे खेलाडी लेड्लीको जुलाई ९ मा रुवी मे रिजवेसँग विवाह हुने तय थियो । तर, वेल्स उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुगेपछि उनले आफ्नो विवाहभन्दा पनि टिमको खेललाई महŒव दिएर विवाह स्थगित गरेका हुन् । लेड्लीका साथी तथा वेल्सका स्ट्राइकर गारेथ बेलले विवाहको नयाँ मिति चाँडै तोकिने बताएका छन् ।
सुरुमा उत्कृष्ट प्रदर्शन गरेका कारण लेड्ली चर्चामा आए । त्यसपछि खेलका क्रममा मैदानमा फरक शैलीमा नृत्य गरेका कारण सबैको नजरमा परेका उनी खेलका लागि विवाह नै स्थगित गरेका कारण अधिक चर्चामा आएका छन् ।
वेल्सका अर्का खेलाडी क्रिस गुन्टर पनि युरोकपका कारण आफ्नो दाजुको विवाहमा सहभागी हुन पाएनन् । युरोकप चलिरहेका बेला उनका दाइको विवाह भएको थियो । तर, उनी खेल छाडेर दाजुको विवाहमा सहभागी भएनन् ।

 

Leave A Comment