वेबसाइटबाट डाटा किन्न सकिने

बिहिबार, १२ साउन २०७४, ०१ : ३१ शुक्रवार , Kathmandu
वेबसाइटबाट डाटा किन्न सकिने

नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब उसकोे वेबसाइटबाटै किन्न  सकिने भएको छ ।
यसका लागि अफर डट एनटिसी डट एनइटी डट एनपीमा जानुपर्छ । त्यसपछि आफूले प्रयोग गर्ने जिएसएम वा सिडिएमए मोबाइलका विभिन्न डाटा प्याकेज छनोट गर्नुपर्छ । विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत त्यहाँ देख्न सकिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ । त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पियुके नम्बर राख्नु पर्छ । पियुके नम्बर थाहा पाउन १४१५ मा एसएमएस गर्न सकिने टेलिकमले जनाएको छ ।
सबै विवरण भरेर बाई डाटा प्याक बटन थिचेपछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुन्छ । यसका लागि ग्राहकको मोबाइल अकाउन्टमा ब्यालेन्स हुनु आवश्यक छ ।
नेपाल टेलिकमले हाल जिएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराएको छ । सिडिएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ ।

 

Leave A Comment