सेवामूलक शैक्षिक परामर्श दिन्छौं

सोमबार, १६ साउन २०७४, ०२ : ४९ शुक्रवार , Kathmandu
सेवामूलक शैक्षिक परामर्श दिन्छौं

श्याम कुमार
प्रबन्ध निर्देशक– प्रज्ञा एजुकेशन सर्भिसेज प्रालि
एक दसकदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका छौं । विद्यार्थीको रुचि, आर्थिक अवस्था र छनोटअनुसार अमेरिका, क्यानडा, अस्टेलिया, साइप्रस, पोल्यान्ड, डेनमार्कलगायत मुलुकमा पठाउन सहजीकरण गर्छौं । ती देशका विभिन्न विश्वविद्यालय तथा कलेजमा स्नातक, स्नाकोत्तर अध्ययन गर्न चाहनेलाई प्याकेज बनाएर परामर्श दिन्छौँ । धेरै विश्वविद्यालय, कलेजको प्रतिनिधिका रुपमा काम गरेकाले बीच–बीचमा फेरिने नियमको बारेमा पनि अपटेड हुँदा विद्यार्थीले दुःख पाउनु पर्दैन ।
पढ्ने विषय, सम्बन्धित देशको हावापानी, लाग्ने खर्च, जागिरको अवसर र भोलिको सम्भावनाका बारेमा जानकारी गराएपछि निर्णय गर्ने विद्यार्थी र अभिभावकले नै हो । पर्याप्त सूचना दिएर विद्यार्थीलाई काउन्सिलिङ गर्ने भएकाले वित्तीय र अन्य जोखिम विद्यार्थीले व्यहोर्नु पर्दैन । विद्यार्थी पूर्व तयारीमा रहून् भन्ने उद्देश्य हो ।
शैक्षिक कार्यक्रमको बारेमा परामर्श दिन सिल्भर सर्टिफाइड काउन्सेलर पनि हामीसँग हुनुहुन्छ । कतिपय विश्वविद्यालय तथा क्याम्पसको एसोसिएट पार्टनर भएर काम गरिरहेका छौं । शिक्षा मन्त्रालयबाट स्वीकृति र अनुमति लिएर काम गरेकाले विद्यार्थी ठगिनु पर्दैन । इक्यान लगायतका संस्थासँग शैक्षिक आबद्धता रहेको छ । विद्यार्थीलाई सेवा दिने जनशक्ति सक्षम छ । एकै पटक नाफा कमाउनेभन्दा थोरै सेवा शुल्क लिएर सेवामूलक रुपमा काम गरेका छौँ । विद्यार्थी विदेश पढ्न जाने चाहना हो भने कुन कन्सल्टेन्सीले राम्रो परामर्श दिएर भर्नादेखि भिसा प्रक्रियामा सजिलो तरिकाले सहयोग गर्छ भनेर बुझ्न जरुरी छ । विद्यार्थीलाई आइएलटिएस पढाएर दक्ष बनाई पठाउँछौँ । वार्षिक करिब एक÷डेढ सय जना विद्यार्थीले सेवा लिएका छन् । विदेश गएपछि विद्यार्थीले पढाइसँगै स्वाभाविक रुपमा जागिरको अपेक्षा गरेका हुन्छन् । त्यसका लागि पछिल्लो समय साइप्रस उपयुक्त गन्तव्य बनेको छ । त्यहाँ अध्ययनसँगै हप्तामा २० घण्टा विद्यार्थीले काम गर्ने अवसर पाउँछन् । कम मूल्यमा बस्ने होस्टेलको व्यवस्था हुन्छ । आइएलटिएस पनि नचाहिने भएकाले साइप्रस विद्यार्थीको रोजाइको गन्तव्य बनेको छ ।

 

Leave A Comment