स्पार्क कार ! चौविसै घण्टा सेवा

शनिबार, २१ साउन २०७४, १२ : १३ शुक्रवार , Kathmandu
स्पार्क कार ! चौविसै घण्टा सेवा

तपाईं मध्यरातमा बिरामी पर्नु भयो ? कुनै गन्तव्यमा जानु प¥यो । पैसा छ, सवारीसाधन छैन । आफ्नो सवारी साधन छ तर ड्राइभर छैन । बिदामा बसेको छ ।
जुनकुनै समय । जुनसुकै लोकेसन । यात्रुलाई सेवा गर्ने उद्देश्यले चौबीसै घण्टा सेवा दिन केही युवाले स्पार्क कारको सुरुवात गरेका छन् । ओखलढुंगाबाट अध्ययनका लागि राजधानी छिरेका रोशन घिमिरेले यस किसिमको नयाँ कामको सुरुवात गरेका हुन् । व्यवस्थापनमा स्नाकोत्तर गरेका घिमिरले नेपालमै यस्तो सेवा पहिलो पटक सुरु गरेको दाबी गरे । ‘चौबीसै घण्टा सवारी साधन र ड्राइभरको सेवा दिएका छौं,’ घिमिरले भने, ‘आफ्नै सवारी साधन भए पनि बिरामी परेर वा अन्य कारणले चलाउन नसकेमा उपभोक्ताको चाहनाअनुसार सर्भिस दिन्छौँ ।’
सार्वजनिक सवारी साधनमा यात्रु ठगिएको, यात्रुलाई गन्तव्यमा नपु¥याएको र बीच बाटोमै छाड्ने गरिएका कैयौँ समस्या देखिन्छन् । तोकिएको भन्दा धेरै भाडा लिनेजस्ता समस्या त अनगिन्ती छन् । यस्तो अवस्थामा कुनै समस्या नहुने गरी यो सेवा सुरु गरेको स्पार्क कारका प्रमुख कार्यकारी अधिकृत घिमिरे बताउँछन् । सेवा लिनका लागि कम्पनीले हटलाइनको व्यवस्था त गरेको छ नै स्पार्क कारको फेसबुकमा गएर बुकिङसमेत गर्न सकिने व्यवस्था पनि छ । ‘हाम्रो फेसबुक एप्समा गएर बुकिङमा क्लिक गरेपछि लोकेसन र नम्बर इन्ट्री गरेपछि सेवा दिनको लागि हाम्रो सिस्टमबाटै फोन गर्छौं,’ घिमिरेले भने, ‘नयाँ एप्समार्फत यो सेवालाई पनि प्रभावकारी बनाउँदैछौँ ।’ यसको सेवा लिनको हटलाइनको व्यवस्था गरेको छ । मोबाइल एप्स बनाउने तयारी गरेको कम्पनीले अहिले फेसबुकबाट बुक गर्न सकिने व्यवस्था गरिएको छ । उपत्यकाबाहिर भ्रमण, विवाह, पार्टी लगायतमा पनि सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौँमा सञ्चालन सुरु गरिएको यस सेवालाई राजधानीबाहिर विराटनगर, पोखरा लगायतका ठूला सहरमा पनि विस्तार गर्ने योजना रहेको घिमिरे बताउँछन् । विगतमा भाडामा सवारी साधान उपलब्ध गराउँदै आएको यस कम्पनीले अहिले ड्राइभर, सवारीसाधानको सेवा प्रदान सुरु गरेको हो । अरुको तुलनामा सस्तो र प्रभावकारी सेवा प्रदान गर्ने कम्पनीको दाबी छ । प्रयोगकर्ताको मागअनुसार कार, जीप र बसको गुणस्तरीय सेवा दिने जनाएको छ ।
भेहिकल रेन्टलमा यो कम्पनी आईएसओ सर्टिफाइड भएको दाबी घिमिरेको छ । निजी, सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, विदेशी नियोग र युएनका एजेन्सीमा सेवा दिएर सन्तुष्टि प्रदान गरेको कम्पनीको दाबी छ । ‘विगतमा संस्थागत रुपमा सेवा दिन्थ्यौँ,’ घिमिरेले भने, ‘अहिले व्यक्तिको आवश्यकताअनुसार सेवा दिनुपर्छ भनेर नयाँ ढंगले सुरु गरेको हुँ ।’ यस कम्पनीमा करिब ५० जनाले रोजगारी पाएको उनको दाबी छ । ड्राइभरको भाडा एक दिनको एक हजार रुपैयाँ, उपत्यका (काठमाडौँ, भक्तपुर, ललितपुर)को जुनसुकै कुनामा जानको लागि पनि एक हजार रुपैयाँ शुल्क लिइने उनको भनाइ छ । घिमिरेका अनुसार कम्पनीसँग ३० सवारी साधन र करिब ५० ड्राइभर स्टान्डबाई राखिएको छ । ‘कस्टमरले सेवा लिन चाहनासाथ तत्काल सम्बन्धित ठाउँमा पु¥याउँछौँ,’ घिमिरेले भने, ‘सेवामा गुनासो आउन दिँदैनौँ ।’

Leave A Comment