दिनमा कति पटक कपाल कोर्ने ?

सोमबार, २३ साउन २०७४, ०९ : ५९ शुक्रवार , Kathmandu
दिनमा कति पटक कपाल कोर्ने ?

कपालले महिलालाई सुन्दर बनाउँछ । त्यसैले कपालको हेरचाह राम्रोसँग गर्नुपर्छ । कपाल सुन्दर भए पनि हेरविचार राम्रोसँग गरिएन भने कपाल फुस्रन थाल्छ भने भएको सौन्दर्य पनि हराउँछ । राम्रो सेम्पु र नियमित तेलको मालिसले मात्रै कपाल राम्रो बन्दैन । राम्रो कपालका लागि राम्रो खानपानसँगै सम्पूर्ण पोषण पनि उत्तिकै आवश्यक पर्छ । यसका साथै कपाललाई सही तरिकाले काइँयोले कोर्नु पनि जरुरी हुन्छ । हेयर स्टाइलिस्टहरुले पनि एक दिनमा तीन चोटि मात्रै काइँयोले कपाल कोर्ने सल्लाह दिन्छन् । कपाल कोर्दा ध्यान दिनुपर्ने कुरा निम्न छन् :

–    कपाल कोर्नुअघि कपाल रुखो छ कि छैन भन्ने ध्यान दिनुहोस् । रुखो छ भने त्यसमा पहिले सिरम लगाउनु पर्छ, त्यसपछि बिस्तारै कपाल कोर्नु पर्छ ।
–    भिजेको कपाललाई भुलेर पनि काइयोले कोर्नु हुँदैैन । कपाल कोर्दा जहिले पनि सुख्खा हुनुपर्छ ।
–    कपाललाई कोर्दा जहिले पनि माथिबाट तल कोर्नु पर्छ ।
–    कति महिलाहरुको राति कपाल नुहाएर सुत्ने बानी हुन्छ । सुत्दा कपाल भिजेको छ भने यसले कपाललाई हानि पु¥याउँछ । त्यसैले सुत्नुअघि कपाल सुकाउनु होस् ।
–    भिजेको कपाललाई प्रयोग गर्ने टवेल सुख्खा हुनुपर्छ । कपाल सुकाउँदा कपाललाई बेस्सरी रगड्नु हुँदैन । यसले कपाललाई कमजोर बनाउँछ ।  
–    कपाललाई कोरेपछि एकदम टाइट बाँध्ने धेरैजसोको बानी हुन्छ । टाइट कपाल बाँध्यो भने कपाल झर्ने समस्या हुन्छ ।

Leave A Comment