रेड वाइनको फेसप्याक

मङ्गलबार, २४ साउन २०७४, १२ : ५० शुक्रवार , Kathmandu
रेड वाइनको फेसप्याक

उमेर बढ्दै गएपछि मानिसको अनुहारमा विभिन्न किसिमका दाग, रेखा, डार्क सर्कल, रिङ्कल, कालोपन लगायतका समस्याहरु आउने गर्छन् । यी सब कुरालाई मेकअपले जति लुकाउन खाजे पनि लुक्दैन । यी सबै बढ्दो उमेरका समस्या हुन् । रेड वाइनको फेसप्याकले बढ्दो उमेरमा हुने समस्यालाई कम गर्ने गर्छ । यसका साथै यसले अनुहारमा हुने अन्य समस्यालाई पनि कम गर्ने गर्छ ।  
रेड वाइनको फेसप्याक बनाउने तरिकामा सुरुमा आधा कप रेड वाइन लिने, त्यसमा दुई तीन चम्चा जति मह मिलाउने । त्यसलाई राम्रोसँग मिलाएर पेस्ट बनाउने । त्यस पेस्टलाई पूरै अनुहारमा राम्रोसँग लगाउने । त्यसलाई अनुहारमा आधा घण्टासम्म त्यत्तिकै छोडिदिनु पर्छ । त्यसपछि यसलाई सफा पानीले सफा गर्नुपर्छ । हप्ताको एक दिन अनुहारका लागि यो उपाय अपनाउनु पर्छ । यसले अनुहारलाईसफा र सुन्दर बनाउँछ ।

Leave A Comment