नेइमार क्लबभन्दा ठूला होइनन्

बिहिबार, २६ साउन २०७४, १० : १४ शुक्रवार , Kathmandu
नेइमार क्लबभन्दा ठूला होइनन्

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले कुनै पनि खेलाडी क्लबभन्दा ठूलो नभएको बताएका छन् । ब्राजिलियन स्ट्राइकर नेइमार विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गएको केही दिनपछि बार्टोमेनको यस्तो भनाइ सार्वजनिक भएको हो ।
नेइमार पिएसजीमा आबद्ध भएपछि बार्टोमेउ र उनको बोर्डसमक्ष अगस्ट ३१ मा सरुवा बजार बन्द हुनुअघि क्लबले विगतका सिजनमा गरेको भन्दा दोब्बर रकममा नयाँ खेलाडी भिœयाउन चर्को दबाबमा परेको छ ।
‘कुनै पनि खेलाडी बार्सिलोनाभन्दा ठूला होइनन्,’ बार्टोमेउले भने, ‘नेइमार हाम्रो क्लबको सफलताका एक सदस्य थिए तर अब उनी क्लबको इतिहास बनिसकेका छन् । उनी जान चाहन्थे । बार्सिलोना छोडेर पिएसजी जाने उनको निर्णय हो । हामीले उनलाई क्लबमै राख्ने सक्दो प्रयास ग¥यौँ ।’
यद्यपि नेइमारलाई पिएसजी जानबाट रोक्न क्लबले उनको फुकुवा रकममा वृद्धि गरेको भन्दै चर्को आलोचना भैरहँदा बार्टोमेउले उक्त आरोपको खण्डन गरेका छन् ।
बार्सिलोनाले जुलाई १ बाट नेइमारको फुकुवा रकम २० करोड युरोबाट बढाउँदै २२ करोड २० लाख युरोमा पुर्याएको थियो ।

Leave A Comment